कात्तिक २१, डेस्क। सोमबार श्रीलंका विरुद्धको खेलमा ब्याटिङ गर्ने क्रममा हातमा चोट लागे पछि बंगलादेशका अलराउन्डर सकिब अल हसन आईसीसी विश्वकप क्रिकेट २०२३ बाट बाहिरिएका छन्।
खेल पछि गरिएको एक्स–रे मा उनको हातमा गम्भीर चोट लागेको पुष्टि भएको हो। चोट लागे पछि उनले आगामी २५ गते भारतको पुनेमा अष्टेलिया सँग हुने समुह चरणको अन्तिम खेल गुमाउने पक्का भएको छ।
बंगलादेशका टोलीका फिजियो बेर्जेदुल इस्लाम खानले चोटबारेमा जानकारी दिएका हुन्।
खेलपछि उनको दिल्लीमा आपतकालिन एक्स–रे गरिएको थियो। जहाँ उनले बायाँ पीआइपी जोइन्टमा फ्याक्चर भएको पुष्टि भएको थियो।
चोटमुक्त हुन उनलाई तिन देखि चार हप्ता लाग्ने अनुमान गरिएको छ।
सकिब अल हसनले आजै बंगलादेश फर्कनेछन्।





