कात्तिक २१, डेस्क। गण्डकीको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्प पीडितलाई दिने घोसणागरेका छन्। संसदीय दलको बैठकले १५ दिन बराबरको तलब नेपाली कांग्रेसको केन्द्रीय राहत कोष मार्फत भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।
मंगलबार प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा भूकम्प पीडितको राहत र व्यवस्थापनका लागि समेत माग गरिएको छ।
गण्डकीमा नेपाली कांग्रेसका जम्मा २७ जना सांसद छन्। तीमध्ये ४ जना मन्त्री, २ जना समिति सभापति छन्।





