कात्तिक २१, डेस्क। दाङको लमही नगरपालिकाको मेयर जोगराज चौधरीले कार्यालयमा समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गर्नुभएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा नआएपछि सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो।
ढिलो आएका कर्मचारीहरुलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
१२ जना भन्दा बढी कर्मचारीहरु कार्यालय समय भन्दा ढिलो आएका उहाँले बताउनु भयाे । कर्मचारीलाई समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो’ मेयर जोगराज चौधरीले भन्नुभयो ।






