कात्तिक २०, डेस्क। काठमाडौंको लाजिम्पाट स्थित कल सेन्टरमा अनलाइन जुवा खेलाउने दुई भारतीय युवा पक्राउ परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरब देसाई, काठमाडौं–३ का ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो।
कल सेन्टरबाट २९ थान डेस्कटप समेत बरामद भएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
उनीहरू विरुद्ध प्रहरीले सट्टाबाजी सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।






