भूकम्प पीडितहरुलाई छिमेकी देश भारत द्वारा १६ करोड नेपाली रुपियाँ बराबरको राहत सामग्री सहियोग

|

कार्तिक १९, डेस्क। छिमेकी देश भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्प पछि नेपाललाई १६ करोड नेपाली रुपियाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी गरियो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसका लागि चिकित्सा उपकरणहरू समावेश छन् ।

राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदुत श्रीवास्तवले बताउनु भयो ।

आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित