कार्तिक १९, डेस्क। नेपालीहरुको महान चाड तिहार कात्तिक २५ गते देखि सुरू हुँदैछ। २५ गते काग तिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइ टीका परेको छ। सप्तरंगी टीका जस्तै तिहारमा फूलको पनि विशेष महत्व हुन्छ। यस वेला बजारमा फूलको जरुरी अत्यन्तै हुन्छ।
तिहारकै लागि भनेर वर्षेनि सर्वसाधारणहरू गाउँमा होस् या शहरमा फूल रोप्ने गर्दछन। तर पनि वर्षेनि फूलको अभाव हुँदा ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने अवस्था भईहाल्छ।
यस वर्ष भने विदेशबाट फूल आयात नहुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्ष गाउँ देखि शहरका खेतबारीमा लटरम्म फूल फूलेको छ। यहाँकै फूल नेपालकै लागि पर्याप्त हुन्छ। फ्लोरिकल्चर एशोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष शिवबहादुर खड्काले यस वर्ष अरु देशहरु बाट फूल ल्याउन नपर्ने बताएको छ।
उनका अनुसार गत वर्षको तिहारमा यहाँ उत्पादित फूलले धान्न नसकेको कारण १४ प्रतिशत फूल विदेशबाट आयात भएको थियो तर यस वर्ष नेपालभर उत्पादन भइरहेको फूल नै बिक्री वितरण गरिनेछ।






