कात्तिक १८, डेस्क। भारतको पश्चिमी राज्य महाराष्ट्रको एक औषधि कारखानामा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ। भने अन्य सात जना घाइते भएका अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।
आगलागीमा परी कैयौं व्यक्ति बेपत्ता भएको छ। महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १७७ किलोमिटर दक्षिणमा पर्ने रायगढ जिल्लामा रहेको महाराष्ट्र औद्योगिक विकास निगम (एमआई डी सी) महाडमा रहेको ब्लु जेट हेल्थकेयर कारखानामा शुक्रबार विस्फोट भए पछि आगलागी भएको थियो।
यस घटना पछि अधिकारीहरूले अग्नि नियन्त्रक विभागका अधिकारीहरू र राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारीहरूलाई उद्धार कार्यका लागि घटनास्थलमा पठाएका थिए।
‘आज बिहान सम्म सात जनाको शव निकालिएको छ’, एक अधिकारीले जानकारी दिए , ‘घाइते भएका सात जनालाई अस्पतालमा उपचार गर्नको लागि भर्ना गरिएको छ। यसबाहेक बेपत्ताको खोजी कार्य जारी नै छ।’
उनका अनुसार विस्फोटको समयमा औषधि कारखानामा करिब दुई दर्जन मानिसहरुको उपस्थितति थियो । घटनाको सम्बन्धमा अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।






