भूकम्पबाट प्रभावितहरुका लागि चीनले १० करोड बराबरको राहत सामग्री सहयोग गर्ने

|

कात्तिक १८ , डेस्क। चीनले जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ।

नेपाल स्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगको रुपमा एक सय (१००) मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।

थप सहायता सामग्रीहरू बाटोमा आउदै छन्, उनले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित