भूकम्पमा मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते सतर्क रहन आग्रह

|

कात्तिक १८,डेस्क।भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं भनेर प्रधानमन्त्रीले प्रचन्डले भनेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित