कात्तिक १८, डेस्क। नेपाल टेलिकम द्वारा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क गर्ने निर्णय गरेको छ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सञ्चार सेवा अवरुद्ध हुन नदिने विषयमा छलफल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आह्वानमा आज बिहान मन्त्रालयमा बसेको आकस्मिक बैठकले यो निर्णय गरेको हो।
साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चार मन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।






