कात्तिक १८, डेस्क। सुदूरपश्चिमको प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए । सुदूरपश्चिमको प्रदेश सरकारले जाजरकोटको प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताएका छन्।
घटना स्थलका तस्बिर /दृश्यहरु






