कात्तिक १८, डेस्क। प्रधानमन्त्री प्रचण्डले चढेको हेलिकप्टरमा भूकम्पबाट घाइतेहरुको उद्धार गरिएको छ।
प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षण पछि सुर्खेत फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्ड सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेको लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।









