नेपालमा शक्तिशाली भूकम्प, भुकम्पमा ९२ जनाको मृत्यु

|

कात्तिक १८, डेस्क । शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । भने ५५ जना घाइते भएका छन्।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रहरीले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अब केहि छिनमा प्रधानमन्त्री पुष्पकमल दहाल भुकम्प पिडित क्षेत्रमा जादै हुनुहुन्छ।

चर्चित समाचार


भर्खरै प्रकाशित