कात्तिक १७,डेस्क । महोत्तरीको गौशाला नगरपालिकामा बोक्सीको आरोपमा पुरै परिवारलाई नै कुटपिट गरिएको छ । गौशाला नगरपालिका–११ लक्ष्मीनियाका राजेन्द्र राम सहित उनका परिवारको सदस्यहरुलाई छिमेकीहरुले बोक्सीको आरोपमा कुटपिट गरिएका छन् ।
कुटपिट गरे पच्चात उनकी श्रीमती ६५ वर्षीया इतरिया देवी, छोरा देवेन्द्र राम र सुरेन्द्र राम, बुहारी सम्तोलिया देवी, सुन्दर देवी र भान्जी कृष्णी कुमारी घाइते भएका हुन् । गत बुधबार उनीहरुमाथि कुटपिट भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीप कुमार गिरीले बताऐका छन्।
कुटपिट गर्ने छिमेकी सन्तोष यादव, विनोद पासवान र केवल महतो नुनियाका परिवारले राजेन्द्र रामका परिवारको सदस्य माथि कुटपिट गरेका हुन् । कुटपिटबाट इतरिया देवीको टाउको फुटेका छन, भने बायाँ हात मर्केका छन्। उनको उपचार जनकपुरधाम स्थित रहेको सहयोग अस्पतालमा भइरहेको छ ।
परिवारका अन्य सदस्यहरु समान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनापछि कुटपिटमा संलग्न झाँक्री सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष यादव र झाँक्री विनोद पासवान छन् । अन्य दुईजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको डीएसपी गिरीले बताएका छन् । डीएसपी दिलीप कुमार गिरीका अनुसार चारजना विरुद्ध बोक्सी आरोपमा कुटपिट गरेको मुद्दामा अनुसन्धान भइरहेको छ । पक्राउ परेका दुईजनालाई हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएका छन्।





