विमानस्थलमै कुटपिट गर्ने दुई पाइलट बिच मिलापत्र

|

कात्तिक १७,डेस्क। विमानस्थलमा आज बिहान कुटपिट गरेका तारा एयरका दुई पाइलट बीच मित्रापत्र भएको छ।

रामेछापको प्रहरी कर्यालायमा पुगेर उनीहरुले मिलापत्र गरेको डिएसपी होमबहादुर पराजुलीले बताए। उनीहरु बीच आज बिहान मन्थली विमानस्थलमा कुटपिट भएको थियो। कुटपिट पछि ती दुई पाइलट तारा एयरका वरिष्ठ क्याप्‍टेन सन्तोष शाह र सोही एयरका अर्का क्याप्टेन सञ्जीब श्रेष्ठलाई विमानस्थलमै रहेका अन्य कर्मचारीहरुले छुट्टयाएका थिए। घटना लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले दुबै पाइलटलाई निलम्बन गरिसकेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित