नेपाल १० वर्षको प्रतिक्षा पछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मूलपानी मैदानमा युएई लाई ८ विकेटले हराउँदै नेपालले सन् २०२४ मा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यस अघि पनि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको खेलाडी आशिफ शेखले ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५रन , गुल्सन झाले २२ रन , कुशल भुर्तेलले ११ रन जोडे । पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्नको लागि नेपालको कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।





