कार्तिक १४,काठमाडौं । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा ज्यान गुमाएका सबै नेपालीको शव पहिचान भएको छ ।
दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।
दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ । दूताबासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।





