घरायसी विवादका कारण छोराले गरे बुवाको हत्या

|

कार्तिक १२,डेस्क। कैलालीको जानकी गाउँपालिका–३ मा छोराले बाबुको हत्या गरेका छन्।

आफ्नै बुवा ४५ वर्षीय बाबु हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा उनका छोरा गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेशलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुंगाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको थियो। बाबुको हत्या गरेको भन्नु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित