कार्तिक ११,डेस्क। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत सोमबारदेखि एसिया छनोट सुरु हुँदैछ। काठमाडौंमा हुने एसिया छनोटमा ८ टिमले भाग लिँदैछन्।
आठ टिम मध्ये शीर्ष दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्। छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ भने खेल मुलपानी र त्रिवि मैदानमा हुनेछन्। नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्।
समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन्। दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइल जित्ने टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।





