कार्तिक ८,डेस्क। सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङ स्कुलले बन्धक बनाएका विद्यार्थीको प्रहरीले उद्धार गरेको छ।
कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फि नबुझाएको भन्दै घरमा थुनेर राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो। छोरालाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए। त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेका हुन्।
प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ।





