२५ अशोज, डेस्क। नयाँ दिल्लीबाट कामाख्या जाँदै गरेको नर्थ एक्सप्रेस बुधबार राति बिहारमा दुर्घटना भएको छ । बक्सर जंक्शनबाट रेल छुटेको केही बेरमै रघुनाथपुर पूर्वी गुम्ती नजिक दुर्घटना भएको हो । प्राप्त जानकारी अनुसार हालसम्म रेलका २१ वटा बोगी पटरीबाट खसेका छन् जसमध्ये २ वटा पल्टिएका छन् । एउटा बोगी पटरीबाट ओर्लिएर अर्को बोगीसँग ठोक्किएर छेउमा खसेको छ ।
ईस्ट सेन्ट्रल रेलवेका अधिकारीहरूले घाइतेहरूको बारेमा कुनै ठोस जानकारी नभएको बताएका छन्। रेलका कति बोगी पटरीबाट खसेका छन् भन्ने आधिकारिक पुष्टि भएको छैन । जिल्ला प्रशासन कार्यालयले ६० देखि ७० जना घाइते भएको पुष्टि गरेको छ । घटनास्थलमा राहत कार्यमा संलग्न व्यक्तिले अहिलेसम्म पाँच जनाको शव निकालेको बताएका छन् ।
जिल्ला अधिकारीले पनि चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ५० देखि ५२ जना घाइते भएको राहत कार्यमा संलग्नहरुले जानकारी दिएका छन् ।





