अशोज २३, काठमाडौँ। हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमान्डौको तिनकुनेमा युवाहरुले दीप प्रज्वलन गरेको छ ।
हमास आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरू मृत्यु भइसकेको दुतावासले जनाएको छ । हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच दङ्गा चर्किएको हो ।
आक्रमणमा परी अहिलेसम्म १५०० सयभन्दा बढीको मृत्यु भइसकेको समाचार एजेन्सीले जनाएको छ । देशको विभिन्न कुनाबाट इजराइलमा ज्यान गुमाएका नेपाली प्रति श्रधांजलि अर्पण तथा दिप प्रजवलन भैरहेको छ।





