अशोज २३,काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट फर्किएका छन। अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन्।
सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए ।





