एमसीसीको काम अन्तिम चरणमा ठेकेदारसँग वार्ता हुदै

|

असोज १५, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को प्रसारणलाइन परियोजनाको टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि ठेकेदारसँग वार्ता गर्ने भएको छ ।

एमसीसीअन्तर्गत प्रसारणलाइन परियोजनामा तीनवटा प्याकेजमा टेन्डर आह्वान गरिएकोमा सबै बोलपत्रदाताले एमसीएले गरेको लागत अनुमानभन्दा उच्च लागत प्रस्ताव गरेका थिए । तीमध्ये हरेक प्याकेजमा सबैभन्दा कम प्रस्ताव गर्ने ठेकेदारसँग वार्ता गरेर लागत अनुमानमै काम गराउन प्रयास गरिने एमसीए– नेपाल स्रोतले बतायो ।

तीनवटा प्याकेजमध्ये पहिलो प्याकेजमा भारतको ट्रान्सरेल लाइटिङ प्रालि तथा दोस्रो र तेस्रो प्याकेजमा भारतकै टाटा प्रोजेक्ट्स लिमिटेडले सबैभन्दा कम टेन्डर प्रस्ताव गरेका थिए ।

‘एमसीए नेपालले यी दुई कम्पनीसँग सुरुमा वार्तामार्फत आफूले गरेको लागत अनुमानअनुरुप नै काम गराउने प्रयास गर्नेछ,’ एमसीए स्रोतले भन्यो ।

चर्चित समाचार


भर्खरै प्रकाशित